चेल्सीका राइट-ब्याक रीस जेम्सले नयाँ कोच थोमस टुचेलको नेतृत्वमा चेल्सीको दिनहरू बारे बोलेका छन्।
जर्मनले कोचले आफ्नो पहिलो ४ खेलमा ३ जित र १ बराबरी हासिल गरेका छन्। सकारात्मक नतिजाहरुको मद्दत चेल्सी लिगको पाँचौं स्थानमा रहेको छ।
चेल्सीका राइट ब्याक जेम्स भन्छन् कि क्लबको नयाँ कोचको अधीनमा क्लबले स्पष्ट निर्देशन पाएको छ।
“उहाँ आउनुभएको मिनेटबाट उनले आफ्नो खेलको शैली धेरै प्रस्ट र स्पष्ट पारे,” जेम्सले क्लबको वेबसाइटलाई भने।
“र मलाई लाग्छ कि हामीले यसलाई एकदम राम्रोसँग लिएका छौं, र तपाईले यो चेल्सीको खेलमा देख्न सक्नुहुनेछ कि हामी एक टिम देखिन्छौं र एक टिमको रूपमा राम्रो खेल्दैछौं।”