टी–२० विश्वकप छनौट खेल तालिका सार्वजनिक – नेपाल सजिलो समूहमा

क्रिकेटको सर्वोच्च संस्था आइसिसीले शुक्रबार टी–२० विश्वकप छनौटको तालिका सार्वजनिक गरेको हो ।

नेपाल एसिया ‘बी’ समूहअन्तर्गत परेको छ । नेपाल परेको समूहमा भुटान, म्यानमार, मलेसिया, सिंगापुर, चीन र थाइल्यान्ड रहेका छन् । यस समूहका खेल अक्टोबर ३ देखि मलेसियामा हुँदैछन् । यी टोलीमध्ये नेपाल तुलानात्मक रूपमा बलियो टोली मानिन्छ ।

विश्व टी–२० छनोटमा ६२ टोलीले विभिन्न १२ समूहमा प्रतिस्पर्धा गर्दैछन् । युरोप र अफ्रिकाको तीन, एसिया, अमेरिकाज, इस्ट एसिया प्यासेफिकका दुई–दुई समूहमा ६२ देशलाई बाँडिएको छ ।

२०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा यस १२ समूहबाट शीर्षमा रहेका २५ देशलाई छनौट गरिने छ । त्यस २५ देशलाई पाँच रिजनमा विभाजन गरी २०१९ मा पुनः दोस्रो छनोट गराइनेछ । त्यसपछि २५ राष्ट्रबाट छानिएका ८ वटा टोलीले विश्वकपमा स्थान बनाउँछन् ।

नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलको थिया े। एसियाको ग्रुप ए भने अप्रिल २० बाट कुवेतमा हुनेछ । उक्त समूहमा आयोजक कुवेतसँगै बहिरान, कुवेत, माल्दिभ्स, कतार, साउदी अरेबिया र दुबई रहेका छन् ।

Source: Mirror Nepal