टी-१० लिग : चौथो खेलमा सन्दीपको कस्तो रह्यो खेल?

युएईमा जारी टी-१० क्रिकेट लिग अन्तर्गत नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला नाइट्सले चौथो खेलमा अहिले पन्जाबी लिजेन्ड्ससंग प्रतिस्पर्धा गरिरहेको छ । सारजाहमा केरलाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । केरलाविरुद्ध पन्जाबीले ब्याटिङ गरिरहेको छ ।

तर, नेपालका लेग स्पिनर सन्दीप चौथो खेलमा विकेट बिहिन बनेका छन् ।

पन्जाबविरुद्ध सन्दीप निकै महंगा साबित भए । अघिल्ला तीन खेलमा ६ विकेट लिएका सन्दीपले चौथो खेलमा जादु देखाउन सकेनन् । उनले २ ओभरमा २८ रन खर्चिए ।