टि-१० लिग : राशिद खान भन्दा सन्दिप लामिछानेको बलिङ उत्कृष्ट

संयुक्त अरब ईमिरेट्समा जारी दोस्रो संस्करणको टि-१० लिग अन्तर्गत पहिलोपटक सहभागिता जनाएका नेपाली दायाँ हाते लेग स्पिनर सन्दिप लामिछानेले अफगानिस्तानका दायाँ हाते लेगस्पिनर राशिद खान भन्दा उत्कृष्ट प्रदर्शन गरेका छ्न ।

प्रतियोगिताको पहिलो चरण समाप्त हुदा सम्म केरला नाईट्सबाट सहभागीता जनाएका सन्दिपले सर्वाधिक ६ विकेट लिएका छ्न भने मरठा अरेबियन्सबाट प्रतिनिधित्व गर्ने राशिद खानले मात्र २ विकेट हात पारेका छन । तिन खेलमा समान ६-६ ओभर बलिङ गरेका सन्दिप र राशिदले क्रमशः ५४ रन खर्चेर ६ र ४९ रन खर्चेर २ विकेट लिएका छ्न ।

नेपाली स्टार सन्दिप लामिछानेले पक्तुन्स विरुद्ध प्रतियोगिता कै डेभ्यु बलमै विकेट लिएको खेलमा २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिएका थिए त्यस्तै दोस्रो खेलमा सिन्धिज विरुद्ध २ ओभरमा १४ रन खर्चेर १ विकेट लिन सफल भएका थिए भने हिजो सम्पन्न खेलमा राजपुत्स विरुद्ध पनि सन्दिपले २ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए ।

राशिद खानले आफ्नो पहिलो खेलमा पन्जाब लिजेन्ड विरुद्ध २ ओभरमा १५ रन खर्छे पनि विकेट भने लिन सकेका थिएनन । त्यस्तै दोस्रो खेलमा बङ्गाल टाईगर्स विरुद्ध २ ओभरमा १७ रन खर्चेर १ विकेट लिएका थिए भने हिजो सम्पन्न खेलमा नर्थन वारियर्स विरुद्ध पनि २ ओभरमा १७ रन खर्चेर १ विकेट लिएका थिए ।

प्रतियोगिता अन्तर्गत सन्दिप लामिछाने आफ्नो पहिलो खेल मै म्यान अफ द म्याच घोषणा भएका थिद भने राशिद खानको भने उत्कृष्ट प्रदर्शन रहन सकेको छैन ।

सन्दिप लामिछाने एयन मोर्गनको कप्तानिमा र राशिद खान ड्यान ब्र्याभुको कप्तानिमा प्रतियोगितामा सहभागी भएका छ्न ।