टि-१० क्रिकेट : सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा सन्दिप लामिछाने भन्दा राशिद खान पछाडी

युएईमा जारी दोस्रो टि-१० क्रिकेट लिगमा उत्कृष्ट स्पिनरहरु सन्दिप लामिछाने र राशिद खानले फरक-फरक टिमबाट प्रतिनिधित्व गरेका थिए ।

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले केरला नाईट्स तथा अफगानिस्तानका लेग स्पिनर राशिद खानले मरठा अरेबियन्सबाट प्रतिनिधित्व गरेका थिए । प्रतियोगितामा सन्दिप सहभागी टिम लिग चरणबाटै बाहिरिएको छ भने राशिदको टिम अघिल्लो चरण प्रवेश गरेको छ ।

प्रतियोगिताको लिग चरणको समाप्ती सम्म सर्वाधिक विकेट लिने बलरको सुचिमा सन्दिप लामिछाने ६ खेलबाट ६ विकेट सङ्गै १४ औ स्थानमा रहेका छ्न भने राशिद खान पनि ६ खेलबाट ५ विकेट सहित १५ औ स्थानमा रहेका छ्न ।
कसिलो बलिङको आधारमा दुबै बिच तुलना गर्ने हो आकाश पतालको फरक देखिन्छ । सन्दिप लामिछाने राशिद खानको तुलनामा महङ्गा साबित भएका छ्न । प्रतियोगिता भरी सन्दिपले ११ ओभरमा १४९ रन खर्चेर ६ विकेट लिएका छ्न भने राशिद खानले १२ ओभरमा ८९ रन खर्चेर ५ विकेट लिएका छ्न ।

करियर मै खराब बलिङ गरेका सन्दिप लामिछानेले एक खेलको २ ओभरमा नर्थन वारियर्स विरुद्ध विना विकेट खर्च गरेको सर्वाधिक ४७ रन उनको सबैभन्दा महङ्गो ओभर हो भने राशिद खानले एक खेलको दुई ओभरमा पक्तुन्स विरुद्ध विना विकेट खर्च गरेको १८ रन नै महङ्गो हो ।

ब्याटिङ तर्फ राशिद खानले विभिन्न खेलमा १२ बलमा ४५ रन बनाएका थिए भने सन्दिप लामिछानेले एक खेलको १ बलमा अविजित १ रन बनाएका थिए ।

गत नोभेम्बर २१ बाट सुरु भएको दोस्रो संस्करणको टि-१० क्रिकेट प्रतियोगितामा सन्दिप लामिछानेलाई ईयन मोर्गन नेतृत्वको केरला नाईट्सले ३० हजार डलरमा अनुबन्धन गरेको थियो भने सन्दिप लामिछानेको टिममा विश्व चर्चित खेलाडीहरु ईयन मोर्गन , क्रिस गेल , पाउल स्टर्लिङ , महोम्मद नभिद ,जोनि बेईरिस्टो , वाईने पार्नेल ,सोयल तन्बिर र किरन पोलार्ड , टम कुरन , उफुल तरङ्गा सहभागी भएका थिए ।