टि२० विश्व कप: भारतको बलिङमा बुम्राहले कति महत्त्व राख्छ!

एजेन्सी, टि२० विश्व कपमा भारतलाई यस पटक दाबेदारको रुपमा लिएको छ । कप्तान विराट कोह्लिले यस प्रतियोगिता पछि कप्तान नरहने जनाई सकेको छ । यो प्रतियोगितानै उनले भारतलाई अन्तिम पटक नेतृत्व गर्दैछ र आईसीसी उपाधि जित्ने अन्तिम अवसर रहेको छ ।

ब्याटिङमा उत्कृष्ट लयमा देखिएका के यल राहुल, इशान किशन र रोहित शर्मा जस्ता ब्याट्सम्यान भारतसंग छ ।

त्यस्तै, बलिङमा भारतको मुख्य हतियार तिब्र गतिको बलर जस्प्रित बुम्राह रहेको छ । उनले भारतका लागि थुप्रै खेल जिताई सकेका छन् ।

यदि बुम्राहले आईपिएलको लयलाई कायम राखेको अवस्थामा भारत प्रतियोगितामा मुख्य दाबेदार बन्ने निश्चित छ ।

भारतको लागि बुम्राह यि ३ कारणले महत्त्वपूर्ण खेलाडि रहेको छ :
१) पावरप्ले ओभरमा नियन्त्रण

भारतको लागि पावरप्ले ओभरमा नयाँ बलबाट बुम्राह र सामीले बलिङ गर्ने संभावना प्रबल छ । आईपिएलमा बुम्राह मुम्बई इन्डियन्सका लागि उत्कृष्ट लयमा देखिन्थ्यो । त्यस्तै, पिचले साथ दिएको खण्डमा विकेट लिने गर्दछ ।

२) अन्तिम ओभरमा अनुभवि

बुम्राहको बलिङ धेरै जसो ब्याट्सम्यानलाई टाउको दुखाइ बन्न सक्दछ । उनको योर्कर र स्लोवर बलले अन्तिम ओभरमा विकेट लिने सामर्थ राख्दछ । उनको इकोनोमी अन्तिम ओभरमा ८ रन प्रति ओभर रहेको छ ।

३) स्लो पिचको उपयोग

प्रतियोगिताका ६ लिग खेल मध्ये ५ खेल दुबईमा खेल्नेछ । स्लो पिचमा तीब्र गतिका बलरलाई फाइदा भने मिल्ने गर्दछ । आइपिएलमा विगत दुई सिजनमा स्लो पिचमा औसत योगफल १५०-१६० सम्म पुगेको छ । उनलाई दुबईको पिच फापेको छ । नयाँ बलबाट होस या अन्तिम ओभरमा बुम्राहलाई सफलता हात पारेको छ ।