टिम अफ द सिजनमा आफु नपरे पछि इन्टर मिलानका स्टार रिसाए

प्रसिद्ध फुटबल भिडियो गेम फिफाको निर्माता कम्पनी इए स्पोर्ट्सले यो वर्ष सिरी एको टिम अफ द सिजन सार्वजनिक गरेको थियो र उक्त सुचीमा धेरै स्टार खेलाडीहरू थिए भने सो सुचीमा आफ्नो नाम नदेखे पछि इन्टर मिलानका स्टार अच्राफ हाकिमी खुसी छैनन्।

यस हप्ता इए स्पोर्ट्सले फिफा २१ गेमको अल्टिमेट टिममा टिम अफ द सिजन रिलिज गरे र इटालीमा धेरै प्रभाव पर्न सफल रहेको खेलाडीहरूमा सो टिम आधारित रहेको इए स्पोर्ट्सको दाबी थियो।

सो सुचीमा रोमेलु लुकाकु, क्रिस्टियानो रोनाल्डो ड्राई मर्टेन, फ्रान्क केसिया, रोड्रिगो डे पॉल, डोमेनेको बरार्डी, जुआन कुआड्राडो र थेओ हर्नान्डेज जस्तो खेलाडीहरू थिए र इन्टर मिलानका स्टार अच्राफ हाकिमी सो सुचीमा आफ्नो नाम नपरे पछि इए स्पोर्ट्स सँग खुसी थिएनन् र उनले ट्विटर मार्फत सो बारे बोले।

“यो कस्तो मजाक हो!” उनले ट्विटर मा लेखे। “यदि तिमीहरू सँग मेरो विरुद्ध केही रिस छ भने, मलाई भन! उनले इए स्पोर्ट्सलाई लक्षित गर्दै भने।

यो सिजन अच्राफ हाकिमीको धेरै उत्कृष्ट प्रदर्शन रहेको थियो। इन्टरले लिग जित्दा टिममा उनको पनि निकै महत्त्वपूर्ण भूमिका रहेको थियो भने उनी यो वर्ष इए स्पोर्ट्सको सुचीमा पर्ने धेरैको विश्वास रहेको थियो।