‘टिम अफ दि सिजन’ मा बार्साको ४ खेलाडी, रियलका कोहि खेलाडी परेनन्

ला लिगाको ड्रिम टिम ‘टिम अफ दि सिजन’ मा रियल मड्रिडका खेलाडी पर्न असफल भएका छन् ।

गोल डटकमले सार्वजनिक गरेको ला लिगाको ड्रिम टिम रियलका खेलाडी विहीन बनेको हो । गोल डटकमले घोषणा गरेको ड्रिम टिममा सर्वाधिक खेलाडी च्याम्पियन टिम बार्सिलोनाका अटाएका छन् ।

बार्सिलोनाबाट जेर्राड पीके, जोर्डी अल्बा, लियोनल मेस्सी र लुइस स्वारेज अटाएका छन् ।

यस्तै एट्लेटिको मड्रिडबाट रोड्री, डिएगो गोडिन र जान ओब्लाक परेका छन् । त्यस्तै गेटाफेबाट डामिन स्वारेज, सेभियाबाट पाब्लो साराबिया, भ्यालेन्सियाबाट डानी परेजो र सेल्टाबाट इआगो आसपस परेका छन् ।