टिमो वर्नरको यस्तो अविश्वसनीय मिस

फिफा विश्वकप २०२२ को छनोटमा जर्मनी घरेलु मैदानमा नर्थ म्यासेडोनियासँग २–१ को हार बेहोरे पछि सो बारे चर्चा भएको छ भने खेलमा चेल्सीका स्टार स्ट्राइकर टिमो वर्नरको अविश्वसनीय मिसको पनि धेरै चर्चा हुँदै छ।

हाल चेल्सीमा टिमो वर्नरको फम राम्रो रहेको छैन भने उनले धेरै मौकाहरू मिस गरेका छन् र सो कुराको लागि उनको धेरै ट्रोल हुने गरेको बेला फिफा विश्वकप २०२२ को छनोट खेलमा जर्मनीको टिममा पनि उनले सो प्रकारको मिस गरे।

खेल १-१को स्कोरमा रहेको बेला ८० औँ मिनेटमा जर्मनीलाई अग्रता दिलाउन टिमो वर्नरले निकै राम्रो मौका पाए तर उनले बललाई राम्रो सँग किक पनि गरेनन्। खेलको ८०औँ मिनेटमा डि-बक्स भित्र इल्केया गुन्डोवानले टिमलाई निकै राम्रो पास गरे र उनी र गोल बिच केवल गोलकिपर अगाडी रहेको बेला उनले बललाई टच समेत गर्न सकेनन्।

हाल टिमो वर्नरको उक्त अविश्वसनीय मिसको भिडियो निकै भाइरल हुँदै गएको छ। नतिजापछि समूह ‘जे’ मा अर्मेनिया ३ खेलबाट ३ जितसहित ९ अङ्क जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ६ अङ्क भए पनि हेड टु हेड र गोल अन्तरमा नर्थ म्यासेडोनिया दोस्रो तथा जर्मनी तेस्रो स्थानमा रहेको छ । समान ३ अङ्क भए पनि रोमानिया चौथो तथा आइसल्यान्ड पाँचौँ स्थानमा रहँदा लिचेस्टाइन अङ्कविहीन हुँदै पुछारमा छ ।