टिमो वर्नरको फेरी पनि यस्तो मिस्स

टिमो वर्नरको गोल अगाडीको खराब भाग्य अझै जारी रहेको छ। वेस्ट ह्यामको बिरुद्दको खेलमा पनि उनले निकै राम्रो मौकामा मिस गरे र हाल उनि यो सिजन गोल बिहिन छन्।

चेल्सीले वेस्ट ह्यामबिरुद्ध ३-०को जित हासिल गर्न सफल भयो तर सो खेलमा वर्नर गोल गर्न असफल भए। उनले ४२औ मिनेटमा निकै राम्रो मौका पाएका थिए।

१-०ले चेल्सी अगाडी रहेको समय उनले क्लबको लागि दोस्रो गर्ने निकै राम्रो मौका पाएका थिए। उनि गोलकिपर संग वनभी-वन थिए तर वर्नरले निकै कमजोर शत प्रहार गरे।

सो खेल चेल्सीले ३-०ले जितेको थियो तर टिमो वर्नरको गोलको खडेरी अझै पनि जारी रहेको छ।