टिममा खेलाडी नपुगे पछि ४५ वर्षका सहायक कोचलाई टिममा राख्न परे पछि

बुधबार भएको फ्रान्स बिरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि युरोपेली राष्ट्र युक्रेन आपतकालिन गोलकिपर छनौट गर्न बाध्य भएको थियो जब टिमका ३ गोलकिपर कोरोनो भाइरसबाट संक्रमित भए।

युक्रेनको ३ वैकल्पिक गोलकिपरहरु संक्रमित भए पछि सहायक कोच ओलेक्सान्डर शोभकोभस्कीलाई युक्रेनले आफ्नो टिममा राख्न परेको थियो।

युक्रेन संग मुख्य गोलकिपर थियो तर खेलमा उक्त किपरलाई केहि भए उनको ठाउँ लिन र वैकल्पिक गोलकिपरहरु नभए पछि ४५ वर्षका सहायक कोचलाई युक्रेनले टिममा राख्न परेको थियो।

यद्यपि उनि उक्त खेलमा खेल्न पर्ने अवस्था आएन र खेलमा वैकल्पिक गोलकिपरको रुपमा उनि बेन्चमै रहे। सो खेल भने युक्रेनले लजास्पद रुपमा ७-१ले हार्यो।

ओलेक्सान्डर शोभकोभस्की डायनामो कीभका पुर्व गोलकिपर हुन् र उनि २०१६मा रिटायर भएका थिए। उनको खेल क्यारियर राम्रो रहेको थियो र उनले आफ्नो राष्ट्रको लागि १९९४ देखि २०१२मा खेलेका छन् र उनि संग ९२ क्याप छ।