टिममा अटाएन सर्जियो रामोस; यस्तो छ कारण

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका स्टार डिफेन्डर सर्जियो रामोस लिग खेल निसबिरुद्ध पर्न असफल भएको छ ।

गत हप्ता मात्र पीएसजीका लागि डेब्यु गरेका रामोस बुधबार राती हुने खेलमा टोलिमा पर्न सकेनन् ।

डेब्यु खेलमा पुरा ९० मिनेट खेलेका उनी बुधबार हुने खेलका लागि प्रशिक्षक पोचेटिनोले आराम दिएका हुन् ।

“रामोस निकै खुसी थिए (डेब्यु खेलमा),” प्रशिक्षक पोचेटिनोले पत्रकार सम्मेलनमा भने ।

“अन्तिम १५ मिनेट उनलाई अलि गाह्रो भएको थियो, अरुलाई भन्दा थोरै थकान महसुस भएको थियो तर यो साधारण हो, उनी चोटका कारण धेरै समय बाहिर रहन परेको थियो ।”

बुधबार हुने खेलमा पीएसजीका लागि नेयमारले चोटका कारण खेल गुमाउने छन् ।