टिट्वान्टि विश्व कप: नेदरल्यान्डसमाथि श्रीलंकाको शान्दार जित

एजेन्सी, आईसीसी टि२० विश्व कप अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा श्रीलंका नेदरल्यान्डसलाई ८ विकेटले हराएको छ । शार्जाह स्थित शार्जाह क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलंकाको जितमा कुशल परेराले अविजित ३३ रन जोड्दै जित दिलाए ।

टस जितेर बलिङ गर्ने निर्णय गरेका श्रीलंकाले नेदरल्यान्डसलाई १० ओभरमा ४४ रनमा अल आउट गरेका थिए ।

नेदरल्यान्डसलाई सस्तोमै समेत्न श्रीलंकाका लागि वानिन्दु हसारङा र लाहिरु कुमाराले तिन तिन विकेट लिदा महेश थीकशानाले दुई तथा दुस्मम्थाले एक विकेट झारे ।

त्यस्तै, ब्याटिङ तर्फ कोलिन अकर्मेन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुशल परेराले श्रीलंका लागि सर्वाधिक ३३ रन जोड्दा च्यारिथ असालन्काले ६ रन जोडे । फर्नान्डोले अविजित रहदै ४ बलमा २ रन जोडे । निस्सान्का भने खाता नखोलि ग्लोभरको हातबाट क्याच आउट हुन पुगे ।

श्रीलंका खेल अगावै अर्को चरणमा प्रवेश गरिसकेका छन । यस्तै, यसै समुहका नामिबिया पनि अर्को चरणमा प्रवेश गरेको छ ।