टिएर्नीको आर्सनलसंग नया सम्झौता

एजेन्सी, आर्सनलका डिफेन्डर केइरन टिएर्नीले क्लबसंग नया सम्झौता गरेको छ। नया सम्झौता अनुसार उनी आर्सनलबाट थप ५ बर्ष क्लबमा रहने छ।

केइरन सन २०१९-२० सिजनको सुरुवातमा आर्सनल आएका थिए। क्लबमा आबद्ध भए देखि प्रभावशाली प्रदशनका कारण उनी क्लबको महत्वोपुर्ण खेलाडी बनेका छन।

उनले दुई सिजनमा क्लबका लागि ६२ खेल खेलिसकेका छन।

२४ बर्षिय लेफ्ट ब्याकले प्रिमियर लिगमा नियमित स्थान बनाउन सफल भएका छन।

उनले पहिलो सिजन आर्सनलबाट खेल्दा एमिरेट्स एफए कप उचालेका थिए। उनले सेमिफाइनलमा अस्सिट गर्दै उत्कृष्ट प्रदशन गरेका थिए।