‘टाइम वेस्ट’ गर्ने खेलाडीको अनुहारमा बल बोइले बल फ्याँके पछि

डच क्लब आयाक्स युरोप कपमा इटालियन क्लब ए एस रोमा सँग २-१ले हारेको छ। क्वार्टर फाइनलको पहिलो लेगमा आयाक्सको हार पछि २०२१मा आयाक्सको अपराजित यात्रा अन्त्य भएको छ।

खेलमा ३९औँ मिनेटमा आयाक्सले अग्रता लिए पनि दोस्रो हाफमा रोमाले दुई गोल गरेको थियो। खेलको अन्त्य तिर रोमा १ गोलको अग्रता बचाउन ‘टाइम वेस्ट’ गर्न लागि परेको थियो। उक्त कुरा आयाक्सका फ्यानहरूलाई मन परेको थिएन भने खेलमा आयाक्सका बल बोइले निराशा हास्यास्पद रूपमा देखाए।

बल बाहिर गएको बेला रोमाका खेलाडी रिकार्डो कालाफिओरी ‘टाइम वेस्ट’ गर्दै थिए भने बल लिन उनलाई केही हतार थिएन। सो कुरा देखेर बल बोइले रिकार्डो कालाफिओरीको अनुहारमा बल फ्याँके।

बलले आफूलाई लागे पछि रिकार्डोले आफूलाई दुखेको जस्तो सङ्केत गरे तर उनी थ्रो इन गर्ने फेरी तयार भए भने थ्रो इन गर्ने क्रममा पनि उनले ‘टाइम वेस्ट’ गर्ने प्रयास गरे र रिकार्डोले सो कुराको लागि पहेँलो कार्ड पनि पाए। उक्त घटनाको हास्यास्पद भिडियो हाल धेरै भाइरल हुँदै गएको छ।