टस हारे पछि नेपाल पहिले बलिङ गर्दै, को-को छन् अन्तिम ११ मा?

मलेसियामा यहि साताबाट सुरुहुने एसिया कप छनौट प्रतियोगिताको तयारीका लागि श्रीलंका पुगेको नेपाली टोलीले अन्तिम अभ्यास खेलमा कोल्ट्सको सामना गर्दैछ।
कोल्ट्स क्रिकेट मैदानमा नेपालले टस हारेर बलिङ गर्ने निम्तो पाएको छ।

अन्तिम ११: पारस खड्का ( कप्तान ), ज्ञानेन्द्र मल्ल, बिनोद भन्डारी, दिपेन्द्र ऐरी, करन केसी, सोमपाल कामी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन र सुबास खकुरेल ।

नेपालले यस अघि खेलेका ३ वटा नै अभ्यास खेलमा जित हात पारेको थियो। बुधबार भएको पहिलो खेलमा श्रीलंका आर्मी क्रिकेट क्लब माथि ६७ रनको जित हाँसिल गरेको थियो। यस्तै नेपालले आफ्नो दोश्रो खेलमा ब्लुमफिल्ड क्लबलाई १७६ रन (डीएलएस मेथड ) को बिशाल अन्तरले पराजित गर्न सफल भएको थियो।