टस जित्दै नेपालले पहिला बलिङ गर्ने, कप्तान पारस खड्का नखेल्ने

आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने भएको हो ।

कप्तान पारस खड्काले चोटका कारण खेल्न नसक्दा ज्ञानेन्द्र मल्लले टोलीको कप्तानी गरेका छन् । हिजो खेलबाट टोलीमा २ खेलाडी परिवर्तन गरिएको छ । पारस र ललितको स्थानमा रोहित पौडेल र प्रदिप ऐरी टोलीमा आएका छन् ।

नेपालको प्लेइङ ११ :
१. ज्ञानेन्द्र मल्ल (कप्तान)
२. रोहितकुमार पौडेल
३. शरद भेषावकर
४. वसन्त रेग्मी
५. सोमपाल कामी
६. अभिनास बोहोरा
७. सन्दीप लामिछाने
८. दीपेन्द्रसिंह ऐरी
९. विनोद भण्डारी
१०. करण केसी
११. प्रदिप ऐरी

निरन्तर वर्षाको कारण निर्धारित समय भन्दा दुई घण्टा ढिला हुँदा खेल घटाएर ९ ओभरमा झारिएको छ । नेपाललाई अर्को चरणमा पुग्न आजको लागि जित्नै पर्ने हुन्छ ।

अघिल्लो दिन कतारसँग ४ विकेटले पराजित हुनुको नतिजा नेपालको लागि भारि बनेको छ । आजको खेलमा नेपाल पराजित भए अघिल्लो चरणको संभावना लगभग सकिने निश्चित जस्तै छ ।