टर्कीका पूर्व फुटबल स्टार अहिले अमेरिकामा ट्याक्सी चालकको काम गर्न बाध्य

टर्कीका पुर्व फुटबलर हाकान सुकुरलाई टर्की राष्ट्रपति एर्दोगानले देश छोड्न बाध्य पारे ।

अहिले अमेरिकामा उनको बसोबास छ र उनि त्यहाँ उबर चालकको काम गर्छन।

हाकान सुकुर यो एक नाम हो जुन पक्कै पनि पुरानो फुटबल प्रेमीहरूको सम्झनामा छन्। स्ट्राइकर, जसले विश्वकप २००२, दक्षिण कोरियामा १० सेकेन्डमा गोल गर्दै विश्वकपमा सबै भन्दा छिटो गोल गर्न खेलाडी बने।

हाल उनको जीवन छ धेरै फरक छ।

पूर्व टोरिनो, इन्टर, पर्मा र ब्ल्याकबर्न रोभर्स खेलाडी अहिले ४८ वर्षका भएका छन्, र उनको केहि नीतिगत छनौटको गरेको कारण २०१५मा आफ्नो घर छोड्नुपर्‍यो।

२०११ मा सुकुर राजनीतिको दुनियामा प्रवेश गरे र एर्दोगानको पार्टी गएका उनि केहि समय पछि उक्त पार्टी छोड्ने निर्णय गरे।

उनको निर्णय पछि उनि उक्त सरकारको दुश्मन बने र एर्दोगानले उनको सम्पत्ति जफत गरे र उनको परिवार दुख दिन थाले।

सो कारण उनि देश छोड्न बाध्य भए र हाल उनि अमेरिकामा उबर चालकको काम गर्छन।

उनले टर्की राष्ट्रिय टोलीका लागि ११२ प्रदर्शनमा ५१ गोल गरेका थिए।