झापामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

झापाको झापा गाउँपालिकामा आगामी पुष १४ गतेदेखि १९ गतेसम्म प्रथम अध्यक्ष कप प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

झापा गाउँपालिकाको आयोजनामा हुन लागेको सो प्रतियोगितामा झापाका १० गाउँपालिकासहित प्रदेश नम्बर एकका २४ पालिकाहरुको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्ली लिम्बुले शनिवार सुरुङ्गामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

शरणामतीस्थित जनता माविको खेल मैदानमा संचालन हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने टिमले क्रमशः नगद १ लाख १ हजार १ सय ११, ७१ हजार १ सय ११ र २१ हजार १ सय ११ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट डिफेन्ज, स्पाइकर, ब्लकर, सर्भर, लिफ्टरलाई क्रमश नगद ५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।

प्रतियोगिता संचालनका लागि झापा गाउँपालिकाले ४ लाख रुपैँया सहयोग गरेको छ । प्रतियोगितामा जम्मा ७ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।