ज्लाटन: रोनाल्डोले ४० यार्ड भन्दा टाढाबाट बाइसाईकल किक प्रयास गर्नुपर्छ!

युभेन्ट्सको घरेलु मैदान तुरिनमा सम्पन्न खेलको तेस्रो मिनटमै रोनाल्डोले पहिलो गारेका थिए र  खेलको ६४ औं मिनटमा डानी कार्भाहलको क्रस पासमा रोनाल्डोले डिबक्सभित्रबाट शानदार बाइसाईकल किकमा गोल गरे धेरै खेलाडीहरुले आफ्नो प्रतिकिया सामाजिक संजाल मार्फत दिए र ज्लाटनले जिस्किदै भने कि रोनाल्डोले ४० यार्ड भन्दा टाढाबाट बाइसाईकल किक प्रयास गर्नुपर्छ। ज्लाटनले २०१२मा  इंग्लैंड विरुद्ध ४० यार्ड भन्दा टाढाबाट बाइसाईकल किक बाट गोल गरेका थिए।
“मलाई लाग्छ रोनाल्डो एक गोल-स्कोर मिसिन हो, उनले एक सुन्दर गोल गरे, तर उसले ४० यार्ड भन्दा टाढाबाट ओभरहेड किक प्रयास गरि त्यो गोल भित्र जान्छ कि जादैन हेर्न पर्छ!-  ज्लाटन