मिलान डर्बीमा एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर कोपा इटालिया फुटबलको सेमिफाइनलमा पुगेको हो। खेलको ३१ औं मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । गोल गरे पछि इब्राहिमोविच लुकाकुसंग विवाद गर्न पुगे। रेफ्रिले दुबै खेलाडिलाई पहेलो कार्ड देखाएका थिए।
The war of words with Lukaku that led to Zlatan Ibrahimović’s first yellow card in the first half:
“Go do your voodoo s***, you little donkey!” (@semo33xx) pic.twitter.com/RbBMTuzFhj
— Get Italian Football News (@_GIFN) January 26, 2021
खेल पछि दुवै खेलाडी १ खेलको लागि प्रतिबन्धित हुने खबर रहेको थियो तर हाल इब्राहिमोविचले लुकाकु प्रति प्रयोग गरेको शब्दहरुको कारण इब्राहिमोविचले १० खेलको प्रतिबन्ध पाउन सक्ने खबर छ।
खबर अनुसार सो विवादको समय ज्लाटनले लुकाकुलाई गधा भनेका थिए र उनलाई भुडु(काला जादू) गर्न आग्रह गरेको खुलेको छ । भुडु शब्द प्रयोग गरेको कारण उनी माथि जातीय भेदभावको लागि अनुसन्धान हुने कुरा छ।
Zlatan Ibrahimovic risks a ban of up to 10 games if he is found guilty of racist abuse towards Romelu Lukaku.
The FIGC has opened an investigation into the incident & will review video footage as well as the referee’s report.
(via @footballitalia) pic.twitter.com/wEg9sXaYl8
— Oddschanger (@Oddschanger) January 30, 2021
इब्राहिमोविचले लुकाकूलाई “गधा” भनेपछि सो को जवाफमा इन्टरका स्ट्राइकरले उनको टाउकोमा गोली हान्ने भनेको खुलासा भएको छ।
हाल दुवै खेलाडीहरु १ खेलको लागि प्रतिबन्धित छन् भने ज्लाटन माथि थप अनुसन्धान हुने खबर छ।