ज्याक ग्रिलिश म्यान्चेस्टर सिटिमा अनुबन्धित

एजेन्सी, इङलिस स्टार खेलाडी ज्याक ग्रिलिश इङलिस क्लब म्यान्चेस्टर सिटिमा औपचारिक रुपमा अनुबन्ध भएका छन्। रिपोर्टका अनुसार उनी १०० मिलियन पाउन्डमा ६ वर्षका लागि म्यान्चेस्टर सिटिमा अनुबन्धित भएका हुन्।

उनी अर्का इङलिस क्लब एस्टन भिलाबाट म्यान्चेस्टर सिटिमा अनुबन्धित भएका हुन्। यो ट्रान्सफर ब्रिटिश फुटबल इतिहासकै सर्वाधिक महँगो ट्रान्सफर हो। ग्रिलिशका साथसाथै म्यान्चेस्टर सिटि अर्का स्टार इङलिस खेलाडी ह्यारी केन भित्र्याउन पनि इच्छुक रहेको भनिएको छ।
२५ वर्षका इङ्लिस खेलाडी ग्रिलिश एस्टन भिलाको एकेडेमीका उत्पादन हुन्। उनले एस्टन भिलाका लागि २१३ खेल खेली सकेका छन् जस्मा उनले ३२ गोल पनि गरेका छन्। इङ्लिस राष्ट्रिय टोलीका लागि भने उनले १२ खेल खेलेका छन्।