ज्ञानेन्द्र मल्लको कीर्तिमानी, टी-२० क्रिकेटमा छिटो अर्धशतक बनाउन सफल

सिंगापुरमा जारी आईसीसी टी-२० विश्वकप एसियालि छनोटअन्तर्गत बुधबार भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ। वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा ज्ञानेन्द्र मल्लले २० बलमा नै अर्धशतक जोड्दै कीर्तिमान पारि खेलेका थिए।

कप्तान पारस खड्का चोटका कारण मलेसियाविरुद्ध मैदानमा उत्रिन सकेका थिएन। बुधबारको ढिला भएको खेलमा कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले २० बलमा ५१ रन जोड्दै कीर्तिमानी अर्धशतक प्रहार गरेका हुन्। ज्ञानेन्द्र मल्लले २१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। नेपाल को लागि राम्रो भूमिका खेलेर महतोपुर्न जीत दिलाए। नेपालको जारी प्रतियोगितामा यो पहिलो जित हो। पहिलो खेलमा नेपाल कतारसँग हारेका थिए।

ज्ञानेन्द्र मल्ल अन्तर्राष्ट्रियमा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी हुन सफल भएका छन्। विनोद भण्डारीको नाममा रहेको सो कीर्तिमान उनले तोडेका छन्। विनोदले गत साता मलेसिया विरुद्धको सिरिजमा २५ बलमा अर्धशतक जोडेका थिए।

यो अर्धतशकका साथ ज्ञानेन्द्र मल्ल टी-२० मा अर्धशतक बनाउने पाँचौ नेपाली खेलाडी बनेका छन्। यसअघि नेपालका लागि अर्धशतक कप्तान पारस खड्का, विनोद भण्डारी, सन्दीप जोरा र सुबास खकुरेलले मात्र प्रहार गरेका थिए।