जोसे मोरिन्हो प्रिमियर लिगमा फर्किन सक्ने

इटालियन क्लब रोमाका कोच जोसे मोरिन्हो प्रिमियर लिग फर्किन सक्ने खबर रहेको छ। प्रिमियर लिग क्लब टोटेनह्यामले उनलाई बर्खास्त गरे पछि उनी इटालियन क्लबमा गएका हुन् भने खबर अनुसार प्रिमियर लिग क्लब एभर्टनले जोसे मोरिन्हो माथि आफ्नो नजर राखेको छ।

टोटेनह्यामको नेतृत्व लिनु अघि उनले म्यानचेस्टर युनाइटेड र चेल्सी जस्तो क्लबमा काम गरेका छन् भने उनी प्रिमियर लिगमा धेरै सफल रहेका छन् भने हाल उनी प्रिमियर लिगमा फर्किन सक्ने धेरै चर्चा छ।

एभर्टनले आफ्नो हालको कोच राफेल बेनिटेजलाई बर्खास्त गर्न सक्ने खबर रहेको छ। हाल एभर्टनको फम निकै खराब रहेको छ १७ लिग खेलमा मात्र ५ जितको साथ एभर्टन लिगको चौध स्थानमा रहेको छ।

 

हाल एभर्टनको खराब फमको कारण कोच बेनिटेजको धेरै आलोचना हुँदै गर्दा उनी बर्खास्त हुने धेरै सम्भावना रहेको खबर छ भने उनको प्रतिस्थापनको रुपमा एभर्टनले जोसे मोरिन्हो माथि नजर राखेको जानकारी छ।