जोसे मोरिन्हो टोटेनह्यामद्वारा बर्खास्त

प्रिमियर लिग क्लब टोटेनह्यामले आफ्नो मुख्य कोच जोसे मोरिन्होलाई बर्खास्त गरेको छ। स्काई स्पोर्ट्स इटालियका रिपोर्टर फब्रिजियो रोमानोका अनुसार स्पर्सले आफ्नो कोच जोसे मोरिन्होलाई बर्खास्त गर्ने निर्णय लिएको छ ।

हाल टोटेनह्यामको निकै खराब फम रहेको थियो भने एभरटन सँग प्रिमियर लिगको खेलमा २-२को बराबरी पछि उनको धेरै आलोचना भएको थियो।

टोटेनह्याम युरोपा लिगबाट पनि बाहिरिएको छ भने हाल लिगको सातौँ स्थानमा रहेको छ।

रोमानोका अनुसार स्पर्सको कोचको ठाउँ हाल रायन मेसनले अन्तरिम कोचको रूपमा लिने छन्। स्पर्सले जुनमा नयाँ कोच भित्राउने जानकारी छ भने हाल अब स्पर्स नयाँ कोचको खोजीमा हुने छ।