जोसे मोरिन्होले गरे म्यानचेस्टर युनाइटेडका स्टारको ट्रोल

जोसे मोरिन्होले आफ्नो पुर्व क्लब म्यानचेस्टर युनाइटेडका स्टार ब्रुनो फर्नांडिसको पेनाल्टी रेकर्डबारे ट्रोल गरेका छन् ।

ब्रुनोको पेनाल्टीमा शनिबार एस्टोन भिल्ला बिरुद्ध युनाइटेडले जित हासिल गरेको थियो। टोटनह्यामको लीड्सबिरुद्धको ३-०को जित पछिको अन्तर्वार्तामा जोसे मोरिन्होले गरे म्यानचेस्टर युनाइटेडका स्टारको ट्रोल गरे ।

ब्रुनो फर्नांडिसले युनाइटेडमा धेरै पेनाल्टी गोल गरेको बारे उनले भने “ब्रुनो आए, उनि फिट थिए र उनले धेरै राम्रो खेलेका थिए, उनले युनाइटेड टोलीलाई धेरै सुधार गरे र उनी एक उत्कृष्ट पेनाल्टी टेकर साबित भएका छन्, उनी विश्वकै सर्वश्रेष्ठ हुन्- किन भने उनले सायद २० पेनाल्टी गोल गरिसकेका छन्”

उनले आफ्नो स्टार मिडफिल्डर सनको बारे पनि भने र सो बारे पनि ब्रुनोलाई लक्षित गर्दै बोले।

“मलाई लाग्छ हामी सबैले उनि कस्तो खेलाडी हुन् भनेर, व्याख्या गर्नु पर्छ। “पुस्कास पुरस्कार प्राप्त गर्न, टोटनह्यामका लागि १०० गोल गर्नु र सायद उनि पेनाल्टीविना प्रिमियर लिगमा शीर्ष गोल गर्ने शीर्ष तीनको सुचीमा पर्ने छन्।

“केही खेलाडीहरूले पेनल्टीमा एक सिजनमै १० गोल गर्छन् र मैले ह्यारी केनको बारेमा कुरा गरेको होइन।