जोसे मोरिन्होले आफ्नै टिमको प्रदर्शनबारे ट्रोल गर्दै यस्तो पोस्ट गरे

जोसे मोरिन्हो आजकल इन्स्टाग्राममा धेरै सक्रिय हुने गरेका छन् र उनको पोस्टहरु निकै रमाइलो हुने गरेको छ।

उनले आफ्नो टिमको खेल पछि हास्यास्पद कुराहरु पोस्ट गर्ने गरेका छन् र हाल उनले युरोपा कपको जितमा आफ्नै क्लबको प्रदर्शनबारे ट्रोल गर्दै पोस्ट गरेका छन्।

 

View this post on Instagram

 

When you win but you don’t play especially well @pfcludogorets1945

A post shared by Jose Mourinho (@josemourinho) on

युरोपा कपको खेलमा टोटनह्यामले लुडोगोरेट्स बिरुद्ध ३-१को जित हासिल गरे तर मोरिन्होले आफ्नो टिमको प्रदर्शनबाट धेरै खुसी नरहेको देखिन्छ। उनले आफ्नै टिमको प्रदर्शनबारे इन्स्टाग्राममा आफ्नो फोटो राखेर पोस्ट गरे क्याप्शनमा उनले लेखे “जब तपाइँको खेल खास राम्रो नभए पनि तपाइँले खेल जित्नुहुन्छ।”

जोसे मोरिन्होले पहिलो पटक यस्तो हास्यास्पद पोस्ट भने गरेका होइनन उनि आजकल इन्स्टाग्राममा धेरै सक्रिय छन् र स्पर्सले युरोपामा खेल हार्दा पनि उनले यस्तै पोस्ट गरेका थिए।