जोसे मोरिन्होको रोमालाई नर्वेजियन क्लबको रामधुलाई

जोसे मोरिन्होको रोमाले युरोपा कन्फेरेन्स लिगमा आफ्नो प्रशिक्षक क्यारियर कै सबैभन्दा ठुलो हार बेहोरेको छ ।

कन्फेरेन्स लिगमा रोमाले नर्वेजियन क्लब बोदोए/ग्लिम्तबिरुद्ध ६-१ ले पराजित भएको हो ।

पहिलो हाफमा २-१ ले पछि परेको रोमाले दोस्रो हाफमा थप ४ गोल बिना कुनै जवाफ गोल बेहोर्नुपरेको थियो ।

हार पछि रोमा समुह सी को दोस्रो स्थानमा रहेको छ भने नर्वेजियन क्लब बोदोए/ग्लिम्त शीर्ष स्थानमा रहेको छ ।

खेल पछि जोसे मोउरिन्होए सधै झै आफ्ना खेलाडीहरुको आलोचना गरे ।