जोसे मोरिन्हो स्पेनिस क्लब भ्यालेन्सिया जाने चर्चा

पूर्व म्यान्चेस्टर युनाइटेड प्रशिक्षक जोसे मोरिन्हो स्पेनिस क्लब भ्यालेन्सिया जाने हल्ला चलेको छ।

हाल प्रशिक्षकबाट ताडा रहेका मोरिन्हो पछिल्लो समय फुटबल पुन्डितको भुमिका निभाई रहेका छन्। सिजन २०१९/२० को च्याम्पियन्स लिगमा स्थान बनाएको भ्यालेन्सियाका हालका प्रशिक्षक मार्सेलिनोले क्लब छोड्नसक्ने हल्ला चलेसँगै मोरिन्हो उनको विकल्पको रुपमा जाने हल्ला चलेको हो।

क्लबको आन्तरिक किचलोको कारण मार्सेलिनो क्लब छोड्ने कुरा बाहिर आएको छ। मोरिन्होले भने आफू क्लबको खोजीमा रहेको पहिलै बताउँदै आएका थिए।

स्काई स्पोर्टस टिभिसँग कुरा गर्दै भनेः ‘म अहिले के गर्ने भनेर सोचिरहेको छु । मैले अहिलेको अवस्थामा रमाइलो मानिरहेको छैन। मैले फुटबललाई धेरै सम्जिराछु र मिस गरिरहेको छु। म राम्रो क्लबको खोजिमा छु। म चादै फर्किने छु।’