जोसे मउरिन्होलाई चीनबाट €१०० मिलियन को प्रस्ताव

पुर्व म्यान्चेस्टर युनाइटेड र चेल्सीका कोच जोसे मउरिन्होको लागि चाइनाबाट एकदम ठुलो प्रस्ताव आएको खुलेको छ। खबर अनुसार उनको लागि चैनिज़ कल्ब गुआंगजौ एवरेग्दान्डाबाट भयंकर €१०० मिलियनको प्रस्ताव आएको थियो तर खबर अनुसार उनले उक्त प्रस्ताव अस्वीकार गरि सकेका छन्।


Guardianको अनुसार जोसे मउरिन्होको लागि ठुलो €१०० मिलियनको प्रस्ताव आएको थियो र उक्त सम्झौतामा निकै ठुलो रकम र उपहारको प्रस्ताव थियो तर उनले आफु युरोपेकै टिममा काम गर्ने मन रहेको भन्दै उनले उक्त प्रस्ताव अस्वीकार गरेको खुलेको छ।