“जोर्डन पिकफोर्डलाई पनि ८ महिनाको प्रतिबन्ध हुनु पर्छ”

पुर्व चेल्सी र म्यान्चेस्टर युनाइटेड गोलकिपर र हाल फुटबल पण्डित रहेका मार्क बोस्निचको विश्वास छ कि भ्यान डाइक चोटबाट जति समय सम्म मैदान बाहिर हुने छन् जोर्डन पिकफोर्डलाई पनि तेही समय जति प्रतिबन्ध गर्नु पर्छ।

एभर्टन गोलकिपर पिकफोर्डको ट्याकलमा लिभरपूलका भ्यान डाइक चोट ग्रसित भएका थिए भने उनि ८ महिना सम्म मैदान बाहिर हुने कुरा छ।

पिकफोर्डको सो ट्याकलको समयमा भ्यान डाइक अफ साइड भएको कारण रेफरीले उनि बिरुद्ध केहि कार्ड देखाएनन र खेल पछि पनि पिकफोर्डलाई केहि कारवाही नहुने कुरा हुँदा लिभरपूल फ्यानहरु क्रोधित रहेका छन्।

सो बारे कुरा गर्दै पुर्व म्यान्चेस्टर युनाइटेड गोलकिपर मार्क बोस्निचले भने भ्यान डाइक चोटबाट जति समय सम्म मैदान बाहिर हुने जोर्डन पिकफोर्डलाई पनि तेही समय सम्म प्रतिबन्ध गर्नु पर्ने भनेर भनेका छन्।

“एउटा कुरा जुन वास्तवमै अहिले सम्म आधिकारिकहरुको गम्भीर विचारमा आएको छैन त्यो यो हो कि जब त्यहाँ चुनौतीहरू छन् जब लापरवाह स्तरमा गरिन्छ, जुन विपक्षीको सुरक्षालाई नै खतरामा पार्छ।

“यस्तो घटना कम गर्न घाइते भएको खेलाडी जति समय सम्म मैदान बाहिर हुन्छन ट्याकल गर्ने खेलाडीलाई पनि सोहि समय जतिको प्रतिबन्ध गर्नु पर्छ”

“उनीहरू जानाजानी गरेको होस् या नहोस्, यसले अन्य खेलाडीहरूलाई जोखिममा र खतरामा राख्छ।