जोन टेरि फर्किए चेल्सी

चेल्सीका लेजेन्ड जोन टेरी क्लबमा फर्केका छन् । यसपल्ट उनको काम हुनेछ, क्लबको एकेडेमीमा सल्लाहाकार हुनेछ ।

टेरिले अब युवा खेलाडीको विकासमा प्रत्यक्ष संलग्न हुनेछन् ।

यसक्रममा उनले क्लबमा रहेका प्रशिक्षकलाई सल्लाह दिनेछन् । चेल्सीले भनेको छ, ‘हाम्रा पूर्व कप्तानले अब प्रशिक्षकहरूलाई सल्लाह दिनेछ, एकेडेमीका खेलाडीका लागि मेन्टर रहने छन् । अनि ती खेलाडीको अभिवावकसँग संवाद पनि चलाउने छन् ।’

सन् २०१८ मा उनले सक्रिय खेल जीवन सन्यास लिएका थिए ।

त्यसपछि उनी सिधै प्रशिक्षकको भूमिकामा देखिए । सन् २०१८ देखि २०२१ सम्म उनी एस्टन भिल्लाको सहायक प्रशिक्षक रहे ।

उनले कुनै दिन चेल्सी प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने विश्वास गरिएको छ । अहिले तत्काल भने उनले अर्को महिनादेखि चेल्सीमा आफ्नो नयाँ भूमिका सम्हाल्ने छन् ।