जेसे लिंगार्डलाई बेच्न म्यानचेस्टर युनाइटेड तयार- यती रकमको माग गर्ने 

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आफ्नो स्टार मिडफिल्डर जेसे लिंगार्डलाई बेच्न तयार हुने खबर छ। गत सिजन लिगमा उनको निकै राम्रो प्रदर्शन रहेको थियो। उनी युनाइटेडबाट वेस्ट ह्याममा लोनमा गएका थिए र आफ्नो नयाँ क्लबमा उनको निकै राम्रो खेल रहेको थियो जसको कारण अन्य क्लबहरूको नजर उनी माथि पर्न थालेको थियो।

गत सिजन उनले वेस्ट ह्यामको लागि १६ खेलमा ९ गोल र ४ असिस्ट गरेका थिए र लोनमा उनको खेल राम्रो रहे पछि उनी माथि ठुलो क्लबहरूको निगरानी सुरु भएको छ धेरै रिपोर्ट रहेको थियो।

२८ वर्षका लिंगार्डको राम्रो खेल पछि उनी माथि पिएसजी, रियल म्याड्रिड र इन्टर मिलान जस्तो क्लबको नजर रहेको खबर थियो भने हाल खबर अनुसार बेच्न युनाइटेड तयार हुने जानकारी छ भने उनको लागि युनाइटेडले £३० मिलियन माग्ने रिपोर्ट छ।

म्यान्चेस्टर युनाइटेडमा उनको खेल धेरै राम्रो हुन सकेको थिएन भने क्लबले उनलाई वेस्ट ह्याममा लोनमा पठाउने निर्णय लियो र वेस्ट ह्याममा उनको निकै राम्रो खेल रहेको थियो।

लिंगार्डको राम्रो फमले वेस्ट ह्याम लिगलाई लिगको छैटौँ स्थानमा रहन मद्दत गरेको थियो भने वेस्ट ह्याम उनलाई स्थायी रूपमा साइन गर्न इच्छुक रहेको खबर छ।