जेरार्डले हेन्डर्सनलाई आफ्नो क्लबमा भित्र्याउन सफल

लिभरपुलका लेजेन्ड स्टेभेन जेरार्डले लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनलाई आफ्नो क्लब अल इत्तिफाकमा भित्र्याउने पक्का भएको छ ।

अल इत्तिफाकका मुख्य प्रशिक्षक रहेकोे जेराडले हेन्डर्सन आफ्नो मुख्य प्राथमिकता बनाउदै लामो वार्तालाई अन्ततः सफल बनाएको छ ।

अल इत्तिफाकले हेन्डर्सन भित्र्याउन लिभरपुललाई १२ मिलियन युरो तिर्ने भएको छ भने उनको तलब चार गुणाले बद्ने छ ।

लिभरपुलले बुधबार भएको मैत्रीपुर्ण खेलमा हेन्डर्सनलाई आफ्नो टोलिमा समावेस गरेको थिएन ।