जेम्स रोड्रिग्वेज रियल मड्रिड फर्किने पक्का

जेम्स रोड्रिग्वेज स्पेनिस क्लब रियल मड्रिड फर्कने भएका छन्। जर्मन क्लब बार्यन म्युनिखले कोलम्बियन स्टार रोड्रिग्वेज पुरानै क्लब रियल मड्रिड फर्कने निश्चित भएको जनाएको छ ।
उनी लोनमा रियल मड्रिड हुदै जर्मन क्लब बार्यन म्युनिख संग आबद्व भएका थिए । प्रशिक्षक जिनेदिन जिदानको योजनामा नप\रेपछि रोड्रिग्वेज जर्मनतर्फ लाग्न बाध्य भएका थिए ।

बार्यन म्युनिखका क्लब अध्यक्ष उली होयसले रोड्रिग्वेजलाई धन्यवाद दिएका थिए र राम्रो भविष्यको कामना दिए ।


सबै भन्दा धेरै धन्यवाद पुरै क्लब र समर्थकालाई दिन चाहन्छु। जसले मलाई सधै समर्थन गरे। २ बर्ष मेरा लागि बिर्सन नमिल्ने र सधै राम्रो महशुश गर्न पाए। मैले यहाँ निकै राम्रा क्षणहरु बिताए। म क्लबको उज्जवल भविष्यको कामना गर्दछु। रोड्रिग्वेजले बिदाई कार्यकममा भने।