जेमी भार्दीको विकल्पमा लेस्टर सिटीले यी स्टार स्ट्राइकर साइन गर्न सक्ने

लेस्टर सिटी आउँदो गर्मीको विन्डोमा आफ्नो स्टार जेमी भार्दीको विकल्पको खोजीमा हुने खबर छ। स्टार स्ट्राइकर यस महिना ३४ बर्ष पुगेका छन् तर किंग पावर स्टेडियममा उनको प्रभाव अझै पनि निकै राम्रो छ।

लेस्टरको लागि २० खेलमा उनले १३ गोल र ५ अस्सित गरेका छन् तर, तर चोटको कारण ऊनले शल्यक्रिया गर्नुपर्ने भएको कारण रउनि केहि हप्ता मैदान बाहिर हुने छन्।

खबर अनुसार हाल लेस्टर उनको विकल्पको रुपमा उनलाई भविष्यमा प्रतिस्थापन गर्न सक्ने खेलाडीको खोजीमा छन्। र लेस्टरको नजर २३ वर्षका ओड्सन्ने एडुअर्डमा रहेको छ। हाल सेल्टिकमा खेल्दै गरेका एडुअर्डमाको खेल स्कटिश लिगमा राम्रो रहेको छ।

उनको मूल्य २० मिलियन हुने खबर छ भने लेस्टरका कोच रोडरसको विश्वास छ कि उनि लेस्टरमा जेमी भार्दीको विकल्प हुन सक्ने छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ