जेफ वौंन र डि भेनुटो अष्ट्रेलियाको सहायक प्रशिक्षकमा नियुक्त

एजेन्सी, अस्ट्रेलियाले माइकल डि भेनुटो र जेफ वौंनलाई राष्ट्रिय टोलिको सहायक प्रशिक्षकका रूपमा समावेश गरेको छ। यी दुई जनाले जस्टिन लान्जरलाई सघाउने छन। डि भेनुटोले अस्ट्रेलियाका लागि २०१३ मा ब्याटिङ प्रशिक्षकका रुपमा कार्यरत थिए।

यस्तै उनी २०१६ मा भारतको बिरूद्ध मुख्य प्रशिक्षक लेह्मानको स्वास्थमा समस्या भए पछि टी २० शृङ्खलाका लागि डि भेनुटोलाइ मुख्य प्रशिक्षकको जिम्मेवार सुपिएको थियो।

४७ बर्षियले सरेको मुख्य प्रशिक्षकको रूपमा पनि काम गरिसकेका छन् र १६ बर्षमा उनको पहिलो पटक कौन्टीको उपाधी दिलाएका थिए।

पूर्व दक्षिण अस्ट्रेलियाका खेलाडी वौंनले पनि खुशी व्यक्त गरे र नियुक्तिलाई आफ्नो प्रशिक्षण करिअरको “हाइलाइट”को संज्ञा दिए।

अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध पाँच टि-२० शृङ्खला र तीन एक दिवशिय खेल खेल्नेछन। पहिलो टि-२० खेल जुलाइ ९ मा सेट लुसियामा हुनेछ।