जेडन सान्चो कथित रूपमा म्यान्चेस्टर युनाइटेड भन्दा लिभरपूलमा जान सक्ने खबर छ, किनभने युनाइटेडमा भन्दा लिभरपूलमा उनको प्रिमियर लिग उपाधि जित्ने राम्रो मौका रहेको सान्चोको विश्वास रहेको खुलेको छ ।
Re: Sancho
The German magazine Kicker today write that there is a rumor in Germany that Sancho would rather go to Liverpool than Manchester United because of Liverpool’s bigger chance to win the title.
— Jan Aage Fjortoft 🏳️🌈 🇳🇴 (@JanAageFjortoft) July 29, 2020
बोरुसिया डार्टमन्डका स्टार ओल्ड ट्र्याफर्डमा जाने धेरै हल्ला छ तर युनाइटेडको प्रस्ताव डार्टमन्डले अस्वीकार गरेको थियो।
जर्मनीका रिपोर्टहरूका अनुसार २० बर्षेका स्टार क्लोपका टिममा जान चाहन्छन् किनभने अर्को सिजनमा सिल्वरवेयर जित्ने सम्भावना युनाइटेडको भन्दा लिभरपूलको बढी रहेको सान्चोको विश्वास छ ।
उनको मूल्य £११८ मिलियन हुने कुरा छ, युनाइटेडले £८९ मिलियनको प्रस्ताव राखे पनि उक्त प्रस्ताव डार्टमन्डले अस्वीकार गरेको थियो लिभरपूलले भने अहिले सम्म केहि प्रस्ताव राखेको कुरा आएको छैन ।