‘जेडन सान्चोले लिभरपूल र म्यानचेस्टर युनाइटेड मध्ये एक छनोट गर्ने छन्’

लिभरपुल वा म्यानचेस्टर युनाइटेड बोरुसिया डार्टमन्डका स्टार जेडन सान्चोको मुख्य गन्तव्य हुने खबर छ।

पूर्व मिडल्सब्रू स्ट्राइकर र बुंडेस्लिगा पंडित जोन आगे फ्जोर्तोफ्तले जेडन सान्चो संग सम्बन्धित दुई रिपोर्टर संग कुरा गरे।।

 

उनले भने: “म एक घण्टा अघि आइपुगें र दुई जना पत्रकारहरूसँग कुरा गरें र हामीले छलफल गरेको कुरा सान्चो बारे थियो।

“उनिअर्को वर्ष कहाँ खेल्ने छन्?

“म्यान्चेस्टर युनाइटेड उहाँसँग धेरै नजिक छ, धेरै समय देखि युनाइटेड उनलाई पछ्याइरहेका छन् र उनि अर्को वर्ष म्यानचेस्टर युनाइटेडमा खेल्ने आशा छ।”

यद्यपि अर्का पत्रकार जसले एक शीर्ष जर्मन प्रकाशनका लागि लेख्छन् उनले बताए जेडन लिभरपूलमा जाने छन्।

“मैले एक पत्रकारलाई भने, जो [सान्चो] लाई जर्मनीको सब भन्दा नजिकबाट मुल्यांकन गर्छन,” उनले थपे।

“मैले सोधें कि के जेडन सान्चो म्यानचेस्टर युनाइटेडमा जानेछन? भनेर तर, उनले भने ‘होइन, होइन, होइन, जेडन सान्चो लिभरपूलमा जाने छन्’।