‘जेडन सान्चोले बोरुसिया डर्टमन्ड छोड्ने छैनन्’

DUESSELDORF, GERMANY - DECEMBER 18: Jadon Sancho of Borussia Dortmund warms up prior to the Bundesliga match between Fortuna Duesseldorf and Borussia Dortmund at Esprit-Arena on December 18, 2018 in Duesseldorf, Germany. (Photo by Dean Mouhtaropoulos/Bongarts/Getty Images)

म्यान्चेस्टर युनाइटेडले जेडन सान्चो साइन गर्ने हल्ला चल्दै गर्दा कुनै सम्झौता भने सफल हुन सकेको छैन।

सान्चोलाई साइन गर्न युनाइटेड विश्वस्त रहेको खबर आउँदा डर्टमन्डका खेल निर्देशकले भने यो गर्मीमा जेडन सान्चोले बोरुसिया डर्टमन्ड नछोड्ने भनेर बताएका छन्। बोरुसिया डर्टमन्डले २० वर्षका स्टारको लागि €१०० मिलियन (£१०० मिलियन) माग गरिरहेका छन्- जुन यूनाइटेड तिर्न हिचकिचाइ गर्दै छ ।

यो सबैको बीचमा जेडन सान्चोलाई साइन गर्न युनाइटेड लागि रहेको खबर आउँदा डर्टमन्डका खेल निर्देशकले भनेको कुराले उनि सान्चो युनाइटेडमा आउने कुरामा प्रस्न खडा गरेको छ।

खबर अनुसार र्टमन्डका खेल निर्देशक माइकल जोर्कले जेडन सान्चोले बोरुसिया डर्टमन्ड नछोड्ने भनेर भनेका छन्। “उनी अर्को सीजन डर्टमन्डमै खेल्ने छन। निर्णय अन्तिम हो। यस्तो लाग्छ कि यसले सबै प्रश्नहरूको उत्तर दिन्छ।” माइकल जोर्कले बताए ।

जोर्कले थपे: “गत ग्रीष्ममा हामीले जेडनको तलबलाई उनको प्रदर्शनसँग मिलाउन समायोजित गर्‍यौं। त्यसकारण हामीले उनि संग २०२३ सम्म अनुबन्ध विस्तार गरिसकेका थियौं।”