जेडन सान्चोको बिक्रिबाट म्यानचेस्टर सिटीले £१५ मिलियन पाउने

म्यानचेस्टर युनाइटेड बोरुसिया डोर्टमन्डका स्टार जेडन सान्चो साइन गरे म्यानचेस्टर सिटीले उक्त बिक्रिबाट £१५ मिलियन पाउने छ।

युनाइटेड हाल सान्चो भित्राउन धेरै नजिक पुगेको खबर छ। २० बर्सका स्टार संग युनाइटेडको व्यक्तिगत सर्तहरूमा सम्झौता भएको खबर छ र युनाइटेडले उनलाई ४ बर्सको सम्झौतामा साइन गर्ने खबर छ।

उनको बिक्रिबाट अर्को म्यानचेस्टर क्लबलाई पनि फाइदा हुने कुरा छ। खबर अनुसार जेडनको बिक्रिबाट आएको रकमको १५% डोर्टमन्डले जेडनको पुर्व क्लब सिटीलाई दिनु पर्ने सम्झौता रहेको छ।

डोर्टमन्डले जेडनलाई २०१७मा म्यान सिटीबाट £८ मिलियनमा साइन गरेको थियो र उक्त सम्झौता अनुसार जेडनको बिक्रिबाट आएको रकमको १५% सिटीले पाउने छ।