जेको भित्र्याउन इन्टर मिलान सफल

एजेन्सी, इटालियन क्लब रोमाबाट बोस्नियन खेलाडी एडिन जेको भित्र्याउन अर्का इटालियन क्लब इन्टर मिलान सफल भएका छन्। रिपोर्टका अनुसार जेको २०२३ सम्मका लागि इन्टरमा अनुबन्ध हुन लागेका हुन्।

रिपोर्टका अनुसार रोमा पनि जेकोलाई प्रतिस्थापन गर्नका निम्ति खेलाडीको खोजीमा छन् र क्लबको नजर इङलिस क्लब चेल्सीका खेलाडी ट्यामी एब्राहम माथी परेको छ। रोमा ट्यामी एब्राहम भित्र्याउन नजिक रहेको भनिएका छन्। जेको म्यान्चेस्टर सिटिका पुर्व खेलाडी पनि हुन्। म्यान्चेस्टर सिटिको जर्सीमा उनले १८९ खेल खेलेका थिए।
३५ वर्षका बोस्नियन स्ट्राइकर जेको २०१५ मा लोनमा रोमामा अनुबन्धित भएका थिए। उनले रोमाका लागि २६० खेलमा ११९ गोल गरेका छन्। म्यान्चेस्टर सिटिका लागि उनले १८९ खेलमा ७२ गोल गरेका थिए।