जेको इन्टरमा अनुबन्ध हुने सम्भावना प्रबल

एजेन्सी, इटालियन क्लब रोमाका बोस्नियन खेलाडी एडिन जेको अर्का इटालियन क्लब इन्टर मिलानका अनुबन्ध हुने सम्भावना प्रबल देखिएको छ। रिपोर्टका अनुसार जेकोका लागि दुई क्लब बिच कुराकानी भइरहेको छ।

इन्टर र जेको बिच दुई वर्षका लागि व्यक्तिगत सर्तहरुमा सम्झौता भइसकेको भनिएको छ। रिपोर्टका अनुसार रोमा पनि जेकोलाई प्रतिस्थापन गर्नका निम्ति खेलाडीको खोजीमा छ। उनी म्यान्चेस्टर सिटिका पुर्व खेलाडी पनि हुन्।
३५ वर्षका बोस्नियन स्ट्राइकर जेको २०१५ मा लोनमा रोमामा अनुबन्धित भएका थिए। उनले रोमाका लागि २६० खेलमा ११९ गोल गरेका छन्। म्यान्चेस्टर सिटिका लागि उनले १८९ खेलमा ७२ गोल गरेका थिए। आफ्नो राष्ट्रिय टोलिका लागि पनि ११४ खेलमा ५९ गोल गरि सकेका छन्।