जुस्टिनद्वारा अष्ट्रेलियन क्रिकेटबाट राजिनामा

एजेन्सी । अष्ट्रेलियन क्रिकेट टिमका मुख्य प्रशिक्षक जस्टिन लाङरले आफ्नो पदबाट राजिनामा दिएका छन । उनको सम्झैता सकिन चार महिना अगावै आफ्नो जिम्मेवारीबाट पछि हटेका हुन ।

उनको सम्झौता यसै जुनमा सकिदै छ । तर, क्रिकेट अष्ट्रेलियाले छोटो समयको सम्झौता प्रस्तावलाई अस्विकार गरेका छन ।

जस्टिनले २०१८ मा अष्ट्रेलियाको टिम प्रशिक्षक नियुक्त भएका थिए ।

उनको प्रशिक्षणमा अष्ट्रेलियाले टि-२० विश्व कप र एसेज सिरिज जितेका थिए ।

अष्ट्रेलियन क्रिकेट टिमका सहायक प्रशिक्षक एन्ड्र्यु मेक्डोनल्डलाई आन्तरिक प्रशिक्षकको जिम्मा दिएका छन ।

मेक्डोनाल्डकै प्रशिक्षणमा अष्ट्रेलियाले पाकिस्तानको भ्रमण गर्ने छन ।

पाकिस्तानमा अष्ट्रेलियाले तीन टेस्ट, तीन एक दिवसीय र एउटा टि-२० खेल्ने तालिका रहेको छ ।

खेल कराची, रावलपिन्दी र लाहोरमा खेलाइने छ ।