जुलियन ड्रक्सलर दिएर आर्सेनलको युवा स्टार भित्राउने पिएसजी योजना

पिएसजी आर्सेनलका युवा मिडफिल्डर साइन गर्न गर्ने जुलियन ड्रक्सलरलाई अफलोड गर्ने आशा गर्दैछन् ।

खबर अनुसार पिएसजी आर्सेनलका युवा मट्टेओ ग्वेन्डोजी साइन गर्न चाहन्छन् र उनलाई साइन गर्न आफ्नो खेलाडी आर्सेनललाई दिन तयार रहेका छन्।

अन्य स्थानान्तरणका लागि रकम जुटाउन गनर्स् खेलाडीहरु बेच्न हताशमा छन्।

पिएसजीले धेरै समय देखि फ्रेन्च युवा स्टार ग्वेन्डोजी साइन गर्ने प्रति आफ्नो चासो देखाएको छ र हाल ड्रक्सलरको प्रयोग गरेर उनलाई भित्राउन सक्ने खबर छ।

यो आर्सेनलका लागि आकर्षक सम्झौता हुनसक्दछ, उत्तर लन्डन क्लबले ड्रक्सलरमा लामो समयदेखि चासो देखाउँदै आएको छ।