जुमानु राई पेनाल्टीमा चुक्दा नेपाल पुलिस फाइनलमा पराजित, एपीएफलाई उपाधी

तेस्रो चन्द्रागिरी मेयर गोल्ड कप अन्तर्गत सनिबार भएको फाइनल खेलमा एपीएफले नेपाल पुलिसलाई हराउदै उपाधी जित्न सफल भएको छ ।

खेलमा १-१ को बराबरी भए पछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।

खेलमा प्रबिन स्याङ्ताङले एपीएफका लागि गोल गरे भने नीर कुमार राइले नेपाल पुलिसको लागि गोल गरे ।

त्यसपछि कुनै गोल हुन नसके पछि खेल पेनाल्टी सुटआउटमा पुग्यो ।

पेनाल्टीमा नेपाल पुलिसका स्ट्राइकर जुमानु राइले गोल गर्न असफल भयो ।

सुटआउटमा पुलिसलाई हराउदै एपीएफले उपाधी जित्न सफल भएको छ ।

बिजेता एपीएफले ६ लाख ५० हजार रुपैयाँ जित्न सफल भयो भने । नेपाल पुलिसले ३ लाख ५० हजार रुपैयाँ हात पारेको छ ।

त्यसैगरी सर्वाेत्कृष्ट खेलाडी अमृत र सर्वाधिक गोलकर्ता प्रबिनले समान ३० हजार रुपैयाँ जित्न सफल भयो ।