जिरेभले जिते टेनिस तर्फ ओलम्पिक स्वर्ण

एजेन्सी, जर्मनीका एलेक्सान्डर जिरेभले करेन खाचानोभले टोक्यो ओलम्पिकमा पुरुष तर्फको टेनिसमा स्वर्ण हात पारेको छ । खाचानोभले सोझो सेटमा पराजित गर्दै स्वर्ण जित्न सफल भएको हो ।

सेमिफाइनलमा विम्बल्डन विजेता नोभाक जोकोभिचलाई पराजित गरेको जिरेभले प्रभावशाली प्रदशन गरेका थिए ।

उनले खाचानोभलाई ७९ मिनेटको खेलमा ६-३, ६-१ को सेटमा पराजित गरेको हो ।

जिरेभ ओलम्पिकमा एकल पुरुष तर्फ स्वर्ण जित्ने दोश्रो जर्मन बनेका छन । यस अघि स्टेफी ग्राफले १९८८ मा जितेको थियो ।