एजेन्सी । फ्रान्सेली स्ट्राइकर ओलिभियर जिरुडले पोल्याण्डविरुद्ध गोल गर्दै फ्रान्सको सर्वाधिक गोलकर्ता बन्न सफल भएको छ । उनले सो कीर्तिमान तोड्ने क्रममा थिएरी हेनरीको रेकर्ड भङ्ग गरेका हुन् ।
३६ वर्षे फरवार्डले फ्रान्सका लागि ११६ खेलमा ५२ गोल गरेका छन् ।
यसअघि, हेनरीले १२३ खेलमा फ्रान्सका लागि ५१ गोल गरेका थिए ।
त्यस्तै, फ्रान्सका अन्य फरवार्ड एन्टोइन ग्रीज्म्यानले १०८ खेलमा ४२ गोल गर्दा बेन्जिमाले ९७ खेलमा ३७ गोल गर्न सफल रहेका छन् ।
यस्तै, किलियन एम्बाप्पेले ६१ खेलमा ३१ गोल गरिसकेका छन् ।
जिरुडले पोल्याण्डविरुद्ध गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । उनले एम्बाप्पेको पासमा गोल गरेका थिए ।
पुर्व आर्सनलको फरवार्ड समेत रहेका जिरुड क्लबका आठौं सर्वाधिक गोलकर्ता हुन् ।