जिरुडले मिलानबाट ९ नम्बरको जर्सी लगाउने

एजेन्सी, फ्रेन्च स्ट्राइकर ओलिभर जिरुड एसि मिलानमा अनुबन्धित भएको छ । उनी चेल्सीबाट मिलान तर्फ लागेका हुन ।

उनले इटालियन क्लबसंग सम्झौता गर्दै मिलानबाट आगामी सिजन सेरि ए मा देखिने छ । उनले एसि मिलानका लागि ९ नम्बरको जर्सी लगाउने छन ।

जिरुडले सन २००५ मा आफ्नो व्यवसाहिक फुटबलमा प्रवेश गरेका थिए । उनले टुर्स हुँदै लिग वान क्लब मोन्टेपेलियर गएका थिए । त्यहाँ, दुई बर्ष खेल्दै ८५ खेलमा ३९ गोल गरे । उनले २०११/२०१२ को सिजनमा लिग उपाधी जिते ।

सन २०१२ मा आर्सनलमा अनुबन्धित भए । लण्डन क्लबमा २५३ खेलमा १०५ गोल गर्दै ३ एफए कप र ३ कम्युनिटी शिल्ड जिते ।

चेल्सीमा २०१८ गए पछि च्याम्पियन्स लिग, युरोपा लिग र एफए कप जिते । उनले ११९ खेलमा ३९ गोल गरेका थिए ।

त्यस्तै, २०११ मा फ्रान्स राष्ट्रिय टिमबाट डेब्यु गरे । उनले राष्ट्रिय टिमका लागि ११० खेलमा ४६ गोल गर्दै २०१८ विश्व कप जितेका थिए ।