जिरुडको डेब्यु खेलमा गोल

एजेन्सी, पुर्व चेल्सीका फरवार्ड ओलिभिएर जिरुडले आफ्नो डेब्यु खेलमा गोल गरेका छन । डेब्यु गरेको ४ मिनेटमै जिरुडले गोल गर्दै मिलानलाइ अग्रता दिलाएका थिए ।

प्रि-सिजन मैत्रीपुर्ण खेलमा फ्रेन्च क्लब निसविरुद्ध एलियान्ज एरिनामा शनिबार खेलेको थियो ।

आयोजक टिमले खेलको ५८ औं मिनेटमा ड्यान एन्डोयिको गोलमा अग्रता लिएको थियो ।

त्येस्तै, राफयल लिओको स्थानमा आएका जिरुडले सामु क्यास्टिलेजोको फ्रि-किकबाट आएको क्रसलाई हेड गर्दै खेल १-१ को स्थितिमा पुराए ।

लिग तयारीमा रहेको मिलानले अर्को हप्ता स्पेनिस क्लब भ्यालेन्सिया र रियल म्याड्रिडविरुद्ध खेल्ने छ ।

यस्तै, अगस्ट १४ मा ग्रिक क्लब प्यानाथिनाइकोसविरुद्ध मैदानमा उत्रिदै छ ।